
२९ पौष २०७७, बुधवार
वन तथा वातावरणमन्त्री प्रेम आलेले भीम रावलले पटक–पटक मन्त्री हुँदासमेत गर्न नसकेको काम आफूले तीन महिनामै गरेर देखाउने दाबी गरेका छन् ।
रावल पटक–पटक मन्त्री हुँदासमेत सुदूपश्चिमको विकासप्रति कुनै चासो नदेखाएको भन्दै मन्त्री आलेले अब आफूले तीन महिनामै त्यो काम गर्ने बताए ।
‘भीम रावल पटक–पटक मन्त्री हुँदा पनि सुदूरपश्चिमको विकासको लागि एउटा सामान्य काम पनि गर्न सक्नुभएन ।
’ एक सञ्चारमाध्यसँगको कुराकानीमा मन्त्री आलेले भने, ‘अब म ती काम तीन महिनामै गरेर देखाउँछु अनि उहाँ(रावल)लाई पागल बनाइदिन्छु ।’
मन्त्री आलेले मुख्यमन्त्री त्रिलोचन भट्टपनि नेता रावलकै पथको भनेर टिप्पणी गरेका छन् ।
मुख्यमन्त्रीले कोरोना महामारीका बेला भारतबाट आउनेहरुलाई एक बोतल पानी समेत दिनुभएन ।’ उनले थपे, ‘अब म उहाँलाई जितेर देखाउन चुनौती दिन्छु ।
उहाँमा एक प्रतिशत पनि क्षमता छैन । देशमा यदि कोही सबैभन्दा कमजेर मुख्यमन्त्री छन् भने ती व्यक्ति उहाँ नै हो ।’
मन्त्री आललेले मुख्यमन्त्री भट्टले १० लाखमा पाइने समान्य एमबुलेन्स ४० लाखमा खरिद गरेर कमिशन खाएको आरोप पनि लगाए ।
उनले अब कुनै पनि हालतमा संसद पुनस्र्थापना नहुने ठोकुवा गर्दै कसैले पुनस्र्थापना हुन्छ भन्छ भने त्यो दिवासपना मात्र हुने पनि बताए ।
सरकारले तिव्र गतिमा काम गर्न खोज्दा पार्टी भित्रैबाट अवरोध खडा गरिएपछि प्रधानमन्त्री केपी ओलीले संसद विघटन गरेको उनले बताए ।