२९ पौष २०७७, बुधवार

संसद विघटन गर्नु असंवैधानिक भएको भन्दै सर्वोच्चमा परेको मुद्धाको सुनुवाई आज हुने भएको छ ।

https://amzn.to/4myfPN5

संसद विघटन विरुद्धको परेको रिटको सुनुवाई वृहत पुर्ण इजालसमा गर्ने कि संवैधानिक इजलासमा गर्ने भन्ने निणर्य पनि आजै नै हुने बुझिएको छ ।

यो भन्दा अघि ११ जना रिट निवेदकहरुले वृहत पुर्ण इजलासमा सुनुवाई हुनु पर्छ भन्ने माग राखेका थिए ।

आजको सुनुवाईमा प्रधान्यायाधिश चोलेन्द्र शमशेर जवरा सहित न्यायाधिश विश्वम्भरप्रसाद श्रेष्ठ, अनिलकुमार सिन्हा र तेजबहादुर केसी रहने छन् भने न्यायाधिश हरिकृष्ण कार्कीको सट्टामा अर्का न्यायाधिश रहने पनि अदालतले जनाएको छ ।

न्यायाधीश कार्की प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको अघिल्लो सरकारको पालामा महान्यायाधिवक्ता नियुक्त भएकाले उनलाई राख्दा निष्पक्ष सुनुवाई नहुने भन्दै अदालतमा विवाद भएपछि कार्की आफै यस मुद्धाको सुनुवाईमा इजलासबाट बाहिएका हुन् ।

प्रतिक्रिया

सम्बन्धित खवर