२०७७ श्रावण ३२, आईतवार

किशोरीलाई म्युजिक भिडियो खेलाईदिन्छु भन्दै जवरजस्ती करणी गर्ने एकलाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा सिन्धुली घर भएका ३१ वर्षीय डेविट भन्ने शुसिल खड्का रहेका छन् । खडकाले मंगलवार साँझ काठमाडौं जिल्ला कागेश्वरी मनहरा नपा वडा नं ७ विरेन्द्रचोक स्थित भेटघाट रेष्टुरेन्टमा बोलाई ति किशोरीलाई जवरजस्ती गरेको आरोप छ ।

https://amzn.to/4myfPN5

गत मंगलबार खड्काले रेष्टुरेन्टमा किशोरीलाई बोलाई म्युजिक भिडियोमा खेलाउने भन्दै प्रलोभन देखाइ वियर खुवाएर लठ्याएको प्रहरी अनुसन्धानबाट खुलेको छ ।
उनले ती किशोरीलाई ललाई फकाई वियर समेत खुवाई लठ्याएर राती त्यहि रेष्टुरेण्टको क्याविनमा ईच्छा विपरित जवरजस्ती करणी गरेको अनुसन्धानपछि पुष्टि भएको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी सोमेन्द्र राठौरले जानकारी दिए ।

प्रहरीका अनुसार उनले कोही कसैलाई नभन्नु भनि डरत्रास देखाई भोली पल्ट विहान मात्र छाडि दिएका थिए । ती पीडित किशोरीले कारवाहीको माग गर्दै प्रहरी वृत्त नयाँवानेश्वरमा निवेदन दिएकी थिइन् ।
पीडित युवतीले दिएको उजुरीका आधारमा घटनामा संलग्न खड्कालाई पक्राउ गरी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

त्यस्तै पीडित किशोरीको स्वास्थ्य परीक्षण समेत गरिएको प्रहरीले जनाएको छ । पक्राउ परेका खडका सिन्धुली भिमान स्थायी घर भई हाल काठमाडौं, कागेश्वरी मनहरा नपा वडा नं ७ काँडाघारी थापाचोक बस्दै आएका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर