२९ पुस २०७७

कोरोना भाइरसको महामारी रोक्नका लागि मलेसियाले संकटकाल घोषणा गरेको छ।


मंगलबार प्रधानमन्त्री मुहयिदिन यासिनको सिफारिसमा राजा अल सुल्तान अब्दुल्लाले संकटकाल घोषणा गरेका हुन्।

यो संकटकाल कोरोनाको अवस्था हेरेर १ अगस्टसम्म वा त्यसभन्दा अघि नै खुकुलो पनि हुनसक्ने  छ।

संकटकाल घोषणाको अर्थ कानूनत संसद् स्वतः निलम्बन हुनेछ।

प्रधानमन्त्री यासिनले आफ्नै ढंगले सरकार सञ्चालन गर्ने सामथ्र्य राख्नेछन्।

सोमबारसम्म यासिनले संकटकालको कुनै संकेतसम्म पनि गरेका थिएनन्।

त्यसैले, राजनीतिक वृत्तमा यो निर्णयले ठूलो झट्का दिएको छ।

‘यो कदमले जनताको व्यक्तिगत सुरक्षा र देशको चासोलाई पनि सम्बोधन गरेको छ।

पछिल्लो कोभिड १९ तथ्याङ्कलाई समेत आधार मानेर यो निर्णय लिइएको हो,’ राजदरबारद्धारा मंगलबार जारी विज्ञप्तिमा भनिएको छ।

यासिनले यसअघि गत अक्टुबरमा संकटकाल लगाउन सिफारिस गरेपनि तत्कालीन समय राजाले यस कदमलाई अस्विकार गरिदिएका थिए।

त्यतिबेला संसद्मा आफ्नो नेतृत्वमाथि आइलागेको चुनौतीबाट भाग्नका लागि यासिनले स्वास्थ संकटको दुरुपयोग गर्न खोजेको आरोप विपक्षीहरुले लगाएका थिए।

यद्यपी, पछिल्लो समय मलेसियामा दैनिक २ हजारभन्दा धेरैमा संक्रमण देखिएको छ ।

मलेसियामा कुल १ लाख ३८ हजारभन्दा धेरैमा कोरोना संक्रमण छ।

मलेसियाका पछिल्लोपटक १९६९ मा संकटकाल घोषणा भएको थियो ।

 

प्रतिक्रिया

सम्बन्धित खवर