२९ पुस २०७७

पत्रपत्रिका

https://amzn.to/4myfPN5

सेयर बजार बढ्ने क्रमले साताको तेस्रो दिन पनि निरन्तरता पाएको छ ।

केही दिनदेखि लगातार बढेको सेयर बजार मापन गर्ने नेप्से परिसूचक मंगलबार १.२६ प्रतिशत अर्थात २८.३१ अंकले बढेर २२६७.७३ अंकमा उक्लिएको हो ।

नेप्से परिसूचक आइतबार ४१ र सोमबार करिब ४ अंकले बढेको थियो ।

नेप्से परिसूचक लगातार बढेपनि कारोबार रकम भने सामान्य घट्दै गएको छ ।
आइतबार ६ अर्ब ३२ करोड र सोमबार पाँच अर्ब ५२ करोड रुपैयाँको किनबेच भएको बजारमा मंगलबार भने ४ अर्ब ९८ करोड रुपैयाँ बराबरको भएको छ ।

यस दिन २ सय २ कम्पनीको १ करोड ३५ लाख कित्ता सेयर ४५ हजार ५ सय ६९ पटक कारोबार भएको छ ।
अघिल्लो दिन पनि एक करोड ३५ लाख कित्ता सेयर कारोबार भएको थियो ।

नेप्से परिसूचकमा दोहोरो अंकको सुधार आएको दिन व्यापारबाहेक सबै समूहको परिसूचक बढेको छ ।

सबैभन्दा धेरै बिमा समूहको परिसूचक ३७६ अंकले बढ्दा निर्जीवन बिमा समूहको परिसूचक २७३.२७ अंकले बढेको छ ।
वाणिज्य बैंक समूहको परिसूचक १४.५४ र विकास बैंक समूहको परिसूचक १९.४ अंकले बढेको छ ।

जलविद्युत् समूहको परिसूचक ३.६ प्रतिशत अर्थात ६०.९१ अंकले बढेको छ ।

आईएमई जनरल इन्स्योरेन्सका लगानीकर्ताले १० प्रतिशत कमाउदा सातवटा कम्पनीका लगानीकर्ताले ९ प्रतिशतले कमाएका छन् ।

सेयर खरिदबिक्रीको आधारमा मंगलबार प्राइम इन्स्योरेन्स कम्पनीको सबैभन्दा धेरै २९ करोड ६ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।

प्राइमसहित १० वटा कम्पनीको १० करोडमाथि कारोबार भएको छ । काराेबारबाट

प्रतिक्रिया

सम्बन्धित खवर