२७ पौष २०७७, सोमवार

बितेको २४ घण्टामा देशभर थप ४८८ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । यस्तै ५२७ जना कोरोनामुक्त भएको पनि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार योसँगै देशभर कोरोना संक्रमितको कुल संख्या २ लाख ६५ हजार २६८ पुगेको छ भने निको हुनेको संख्या २ लाख ५८ हजार ९६८ पुगेको छ ।

यस्तै बितेको २४ घण्टामा थप १० जनाको मृत्यु भएसँगै कुल मृतककको संख्या १९२७ पुगेको छ ।
यस्तै हाल देशभर सक्रिय संक्रमित ४ हजार ३७३ जना रहेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर