२७ पुष २०७७

मध्यपश्चिमाञ्चल विश्वविद्यालय सुर्खेत  तनावग्रस्त बनेको छ ।

https://www.amazon.com/b?node=5799614011&linkCode=ll2&tag=kushalstylehu-20&linkId=5482d31402769e2007f462399bc9f5f8&language=en_US&ref_=as_li_ss_tl

प्रहरी र विद्यार्थीबीच झडप हुँदा तीन जना विद्यार्थी घाइते भएपछि नेविसंघले विभिन्न मागसहित आन्दोलन गरिरहेको छ ।

परीक्षाका विषयमा विश्वविद्यालयका उपकुलपति नन्दबहादुर सिंह र विद्यार्थी प्रतिनिधिबीचको छलफलका क्रममा विवाद हुँदा आईतबार साँंझ स्थिति तनावग्रूत बनेको थियो ।

स्थिति नियन्त्रणमा लिन प्रहरीले बल प्रयोग गर्दा स्ववियु सदस्य तथा नेविसंघका नेता रोशन बस्नेत, विद्यार्थी तर्कराज शाही र लक्ष्मण बोगटी घाइते भएका थिए ।

विद्यार्थीहरुले सोमबार बिहानैदेखि केन्द्रीय क्याम्पसको मुलगेट अगाडि विरोध प्रदर्शन गरिरहेका छन् ।

विश्वविद्यालयका उपकुलपति प्रा. डा. नन्दबहादुर सिंहविरुद्ध विद्यार्थीहरुले आन्दोलन गरेका हुन् ।

विद्यार्थीहरुले हालसम्म काउन्सिलमा दर्ता नभएको हाइड्रो ईन्जिनियरलाई दर्ता गराउनुपर्ने, मौका परीक्षाको व्यवस्था गर्नुपर्ने लगायतका माग राखेका छन ।

 

प्रतिक्रिया

सम्बन्धित खवर