जतिबेला भारतमा इष्टईण्डिया कम्पनीको शासन सुरु भइरहेको थियो , जुनबेला साम्राज्यबादीहरु तिब्तलाई हाँसिल गर्नका लागी नेपाली भुमीमा आँखा गाडीरहेका थिय , नेपाल स-साना बाइसे चौबिसे राज्यमा बिभाजित भएर नेपालीहरु आफू-आफूमा लडिरहेका थिए र नेपाल नै नरहने अबस्था थियो ।

जुनबेला नेपाल र नेपालीहरुको अस्तित्व जोगाउनका लागी राष्ट्रिय एकता को आबश्यकता थियो र यही नै एकमात्र बिकल्प थियो तत्कालीन समयमा एकताका प्रतिक एक युगपुरुष श्री ५ बडामहाराजाधिराज पृथ्विनारायण शाहको उदय भयो । पृथ्बिनारायण शाहले राजगद्दीमा बसेकै दिनदेखी कहिल्यै सुकुनको जिन्दगी बाँचेनन् नेपाल र नेपालीहरुलाई एकताको सुत्रमा बाँधेर अस्तित्व जोगाउनका लागी आफ्नो सम्पुर्ण जिबनकाल युद्ध मैदान मा नै बिताए ।


“बिभिन्न दलिय आबरणमा जातियता,

संघियता लगायतको बिभिन्न माध्यमबाट नेपाल र

नेपालीहरुलाई फुटाएर पृथ्बीनारायण शाहको

राष्ट्रिय एकताको अबधारणालाई असफल

वनाउनेहरुलाई वेलैमा चिनौ 

 बिश्व इतिहाँसका युद्धहरुलाई हेर्दा जित्नेहरुले हार्नेहरुमाथी आफ्नो सम्पुर्ण कुराहरु जबर्जस्ती लाद्ने गरेको पाइन्छ, पृथ्बिनारायण शाहले पनी धेरै युद्धहरु जिते तर आफूले युद्ध जितेका स्थानका जनताहरुलाई उनिहरुले नै मानिआएका धर्म, सँस्कृती, परम्परा, सामाजिक ब्यबस्था लगायतका कुराहरुलाई नै प्राथमिकता दिएर संरक्षण गरिदिएका थिय । पृथ्बिनारायण शाहले काठमाण्डौ जितिसकेपछी त्यहाँका नेवार समुदायहरुले मान्ने गरेको सँस्कृतीलाई बिस्थापीत गरेर आफूले मान्ने सँस्कृतीलाई स्थापित गरेनन्, आफ्नो कुलाधर्म नछोड्नु , बाहिरको धर्मसँस्कृती नभित्र्याउनु आफ्नै परम्परा, धर्मसँस्कृतीलाई प्राथमिकता दिनु भनेर उपदेश दिएका थिय ।

युद्धमा गुलाबको फूल बोकेर कोही जाँदैन , तरबार नै बोकेर जाने हो, शान्तिको शंख बज्दैन हिंसात्मक चित्कार नै गुन्जीने हो, रगत नै बग्ने हो, यती हुँदाहुँदै पनी नेपालको असली इतिहाँसको अध्ययन गर्दा नेपाल एकीकरणका लागी पृथ्बीनारायण शाहले गरेका युद्धहरु अन्य युद्धहरु जस्तो धेरै क्रुर र हिंसात्मक थियनन् । पृथ्बिनारायण शाहले पहिला आत्मसमर्पण गर्नका लागी आग्रह गर्थे त्यो आग्रहलाई अश्विकार गरियको खण्डमा सकेसम्म कम क्षती हुने हिसाबले युद्ध गरिन्थ्यो र युद्ध जितिसकेपछी त्यहाँका जनताहरुलाई सम्मानका साथ बाँच्न दिइन्थ्यो । नेपाल एकीकरणको युद्ध पृथ्बीनारायण शाहको मात्र चाहना थिएन, उनले युद्ध लड्न गएका स्थानका जनताहरुले पनी यसको आबश्यकता महशुस गरेका थिए ।

काठमाण्डौ उपत्यकामा अलग-अलग राज्य थिए, त्यहाँका जनताहरुलाई जात्रा लगाएतका महोत्सबहरुमा एउटा राज्यबाट अर्को राज्यमा जानुपर्ने बाध्यता थियो, यस्तो जात्रा हरुमा एउटा राज्यबाट अर्को राज्यमा जाँदा बिभिन्न दुस्मनीका कारण उक्त राज्यका जनताहरुले अर्को राज्यबाट आएकाहरुलाई आक्रमण गर्ने, अंगभंग गराउने देखी ज्यानै लिनेसम्म गर्थे , यो समस्याबाट पुरै उपत्यकाका जनताहरु आजित भयर एकताको आबश्यकता महशुस गरिरहेका थिय । पृथ्बीनारायण शाहले काठमाण्डौ उपत्यका बिजय गरिसकेपछी काठमाण्डौ उपत्यकाका जनताहरुले यस्तो समस्याबाट सँधैका लागी मुक्ती पाएका थिए ।

पृथ्बीनारायण शाहले आज हामीलाई नेपाली हुँ भन्न सक्ने हैसियत दिए, उनकै एकीकरण अभियानका कारण साम्राज्यबादीहरु बाट चिन जोगीएको थियो र भारत स्वतन्त्र हुन पनी मद्दत पुगेको थियो । पृथ्बीनारायण शाह साम्राज्यबाद र उपनिबेसबाद बिरुद्ध डटेर लड्ने बिश्वइतिहाँसकै एक शाहसी योद्धा हुन् ।

बिदेशिहरुबाट परिचालीत केही अराष्ट्रिय तत्वहरुले भ्रम पैदा गरेर राष्ट्रनिर्मातालाई खलपात्र बनाउने कोशिस गरिएको हुँदा पृथ्बीनारायण शाहको सही इतिहाँसलाई अझैपनी कैयौँ नेपाली जनताहरुले बुझ्न सकिरहेका छैनन् , पृथ्बीनारायण शाह क्रुर थिय, किर्तिपुरबाशीको नाक-कान काटेको लगाएतका झुटको प्रचार गरेर राष्ट्र निर्मातालाई बदनाम गराउन खोजिएको छ ।

तत्कालीन समयमा पृथ्बीनारायण शाहबाट लखेटियका पादरिको भेषमा नेपाल आएको जिसेप्पी नामको जासुस, तत्कालीन समयमा नेपालसँग युद्ध लडेको कर्क प्याट्रिक नामको शत्रु राज्यको सैनिक लगायतका ईशाई साम्राज्यबादीहरुबाट परिचालित नेपालका केही बिद्वान भनिनेहरुले यस्ता गलत प्रचार गरेर पृथ्बीनारायण शाहको बदनाम गराउने कार्य गरेका छन् ।

तत्कालीन समयमा पृथ्बीनारायण शाहबाट लखेटिएका ईशाई साम्राज्यबादी पादरिका सन्तान हरुले नेपालमा कम्युनिष्ट लगायतका बिभिन्न दलिय आबरणमा जातियता, संघियता लगायतको बिभिन्न माध्यमबाट नेपाल र नेपालीहरुलाई फुटाएर पृथ्बीनारायण शाहको राष्ट्रिय एकताको अबधारणालाई असफल बनाउने प्रयास आजसम्म निरन्तर चलिरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर