२६ पौष २०७७, आइतवार

भायनेटको सिस्टम ह्याक गरी स्क्रिप्ट सार्वजनिक गर्ने रुपन्देही तिलोत्तमा नगरपालिका-१ बस्ने १८ वर्षीय किशोर “नरपिचास”   लाई पक्राउ परेका छन ।

https://www.amazon.com/b?node=5799614011&linkCode=ll2&tag=kushalstylehu-20&linkId=5482d31402769e2007f462399bc9f5f8&language=en_US&ref_=as_li_ss_tl

उनलाई काठमाडौं जिल्ला अदालतबाट पक्राउ अनुमति लिई ईलाका प्रहरी कार्यालय, बुटवलको सहयोगमा साइबर ब्युरोले आइतबार पक्राउ गरेको हो।

उनीमाथि फेसबुक, इन्स्टाग्राम, ट्वीटरका सामाजिक सञ्जालमा स्क्रिप्ट सार्वजनिक गरेको आरोप छ।

ब्युरोका प्रमुख एसएसपी नविन्द अर्यालका अनुसार उनको ह्याकिङ नाम नरपिचास हो। उनले ह्याक गर्दा आफ्नो नाम नरपिचास प्रयोग गर्थे।

‘ह्याक गर्दा उनीहरुले अर्कै नाम राख्ने गर्छन्। त्यस्तै उनले नरपिचास राखे,’ अर्यालले भने,’ भायनेटको सिस्टममा पुगेर ह्याक गरी भित्र पुग्यो। त्यसपछि ग्राहकका गोप्य सूचनाहरू सार्वजनिक गर्‍यो।’

सो उजुरीको आधारमा साइबर ब्युरोले अनुसन्धान गरी उनलाई पक्राउ गरेको हो।

उनीमाथि प्रहरीले थप अनुसन्धान गरिरहेको छ।

 

प्रतिक्रिया

सम्बन्धित खवर