२६ पौष २०७७, आइतवार

प्रधानमन्त्रीका सल्लाहकार विष्णु रिमालले विवेकशील साझा पार्टीका अध्यक्ष रवीन्द्र मिश्रलाई सीमामा बस्न चेतावनी दिएका छन् ।

अध्यक्ष मिश्रले मर्यादा नाघेको भन्दै रिमालले ट्वीटरमा सीमामा बस्न मिश्रलाई चेतावनी दिएका हुन् । रिमालले जतिसुकै सेलिब्रेटी भए पनि

समयले जवाफ माग्ने भन्दै धम्कीको भाषा प्रयोग गरेका हुन् ।

अध्यक्ष मिश्रले भने उनको यो भाषाप्रति आपत्ति जनाएका छन् । ‘प्रधानमन्त्री ओली पूर्व प्रधानन्यायाधीश तथा अन्य आलोचकप्रति धम्कीपूर्ण

भाषा प्रयोग गर्ने। प्रधानमन्त्रीका प्रमुख सल्लाहकार मलाई धम्कीपूर्ण भाषा प्रयोग गर्ने’, मिश्रले भनेका छन् ।

ट्वीटरमा मिश्रले पछिल्लो राजनीतिक घटनाक्रमको विषयमा टिप्पणी गरेपछि रिमालको यस्तो ट्वीट आएको हो ।

सुरुमा मिश्रले ट्वीटरमा लेखेका छन्,  ‘कस्तो समय आयो ! पूर्व प्रधानन्यायाधीशहरूले विचाराधीन मुद्दामा बोल्नु पर्ने।

प्रधानमन्त्रीरराष्ट्रपतिले संविधान खुल्लमखुल्ला कुल्चिने। काण्डैकाण्ड गर्ने प्रधानमन्त्रीको भाषण सुन्न हजारौं जम्मा हुने। महाभ्रष्ट नेताले

भ्रष्टाचारविरुद्ध र्याली आह्वान गर्दा हजारौं सरीक हुने। अब अति भो !’

कस्तो समय आयो! पूर्व प्रधानन्यायाधीशहरूले विचाराधीन मुद्दामा बोल्नु पर्ने। प्रधानमन्त्री/राष्ट्रपतिले संविधान खुल्लमखुल्ला कुल्चिने।

काण्डैकाण्ड गर्ने प्रधानमन्त्रीको भाषण सुन्न हजारौं जम्मा हुने। महाभ्रष्ट नेताले भ्रष्टाचार विरुद्ध र्याली आह्वान गर्दा हजारौं सरीक हुने।अब अति

भो!

प्रतिक्रिया

सम्बन्धित खवर