२५ पौष २०७७, शनिवार

पूर्वी नवलपरासीको कावासोती नगरपालिकाले व्यक्तिगत घटनाको अनलाइन अभिलेखीकरण गर्ने काम सुरु गरेको छ । सामाजिक


सुरक्षा तथा व्यक्तिगत घटना दर्ता सुदृढीकरण आयोजना अन्तर्गत अनलाइन अभिलेखीकरण गर्न थालिएको हो ।

नगरपालिका हुनुअगाडि कावासोतीमा गाभिएका कावासोती. शिवमन्दिर, पिठौली, कुमारवर्ती र अग्यौली गाविसका अभिलेख ढड्डामा

राखिएका थिए । तिनै पुराना व्यक्तिगत घटनालाई डिजिटाइज गरिएको कावासोती नगरपालिका प्रमुख चन्दकुमारी पुनले जानकारी

दिइन् ।

२०४० सालदेखि ढड्डामा रहेका जन्म, मृत्यु, बसाइँसराइ, विवाह दर्ता लगायतका पुराना व्यक्तिगत घटनाको बारेमा जानकारी चाहिएमा

अब कावासोती नगरवासीले नागरिकता नम्बर र घटना दर्ताको मितिकै भरमा तुरुन्त फेला पार्न सक्नेछन् ।

अनलाइन अभिलेखीकरणपछि अभिलेख राख्न छिटो र सजिलों हुँदा समयको बचत हुने र सेवाग्राहीले सहज रूपमा सवा लिन पाउने

कावासोती नगरपालिका प्रमुख प्रशासकीय अधिकृत यज्ञ पुरीले बताए । अबको एक महिनाभित्र पुराना सबै घटनाको अनलाइन

अभिलेखीकरण गरिने उनको भनाई थियो ।

गोरखापत्रबाट

प्रतिक्रिया

सम्बन्धित खवर