२५ पौष २०७७, शनिवार

पछिल्लो केहिदिनदेखी मलेसियामा अत्यधिक बर्षापछि आएको बाढीमा परेर कम्तीमा छ जनाको मृत्यु भएको छ ।  पाहाङ राज्यमा आएको

https://amzn.to/4myfPN5

बाढीका कारण अरु ५० हजारभन्दा बढी विस्थापित भएको मलेसियन अधिकारीहरुले  जानकारी दिएका छन्।

बर्षापछि तटीय क्षेत्रमा पानी भरिएर मानवीय क्षति भएको प्रत्यक्षदर्शीहरूको भनाइ छ । उनीहरुले आधा शतब्दीकै सवैभन्दा खराब बाढी आएको पनि बताएका छन् । घटनास्थलमा पिडितहरूलाई उद्धारका लागि ठूलो सङ्ख्यामा उद्धारकर्ताहरु परिचालन गरिएको अधिकारीहरुले जनाएका छन्।

बाढी गएको क्षेत्रमा लगातार बाक्लो बर्षा भएको थियो । बर्षापछिको बाढीले बस्ती डुवानमा परेपछि ४७ हजारभन्दा बढी मानिस विस्थापित भएको सरकारी प्रारम्भिक तथ्याङ्का छ ।

“बाढीका कारण मैले मेरो सबै जायजेथा गुमाएको छु, बाढीले मेरो घरको छानो समेत डुवाएको छ,” कारखानामा काम गर्ने ५९ बर्षिय मजदुर तान कोङ लेङले भन्नुभयो । घटनाका बारेमा बताइरहँदा उहाँले आखाँबाट आशु झारिरहनु भएको थियो ।

घटना भएको क्षेत्रमा हरेक बर्ष बढी बर्षा भएको बेला बाढीले दुःख दिने गरेको छ । बाढीका कारण मानवीय तथा भौतिक क्षति पनि हुने गरेको स्थानीयले बताएका छन् । बाढीका कारण मुख्य राजमार्गसहित धेरै सडक सञ्जालमा क्षति भएकाले यातायात सेवा पनि प्रभावित भएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर