
२३ पौष २०७७, बिहिवार
सुर्खेतमा यात्रुवाहक बस दुर्घटना भएको छ ।
सल्यानको कालीमाटी बाट छिन्चु जाँदै गरेको ना ५ ख ७७५० नम्बरको बस बोटेचौर भन्ने स्थानमा दुर्घटना भएको कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतले जानकारी दिएको छ । दुर्घटनामा एक जनाको मृत्यु भएको छ ।
बस अन्दाजी ३ सय मिटर तल भेरी नदीमा खसेको हो । बसको सम्पूर्ण भाग पानी मुनि पुरिएको छ ।
दुर्घटनामा गम्भीर घाइते चालकसहित दुई जनालाई सुर्खेतस्थित मेहलकुना अस्पताल लगिएको छ । सहचालक बेपत्ता भएको प्रवक्ता श्रेष्ठले बताउनुभयो । बेपत्ता सहचालकको खोजी भइरहेको प्रहरीले जनाएको छ ।