२२ पौष २०७७, बुधवार

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले  आज बिहान देशभर आंशिकदेखि सामान्य बदली रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

यसैगरी,  दिउँसो देशको सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशमा सामान्य बदली तथा बाँकी प्रदेशहरुमा आंशिक बदली रहने महाशाखाले जनाएको छ ।

यस्तै, सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका थोरै स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको छ । साथै, देशका  उच्च पहाडी तथा हिमाली भूभागका एक वा दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।

यस्तै, आज राति देशको पहाडी भूभागमा आंशिक बदली रही एक वा दुई स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको छ ।

भने, पश्चिमी  उच्च पहाडी तथा हिमाली भूभागका एक वा दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर