२२ पौष २०७७, बुधवार

लण्डन। नेपाली जनसम्पर्क समिति बेलायतले सधैं झैं यस पटक पनि राष्ट्रिय मेलमिलाप दिवस मनाएको छ। कोभिड–१९ र सम्बन्धित व्यवधानहरुले गर्दा यस पटक भने भर्चुअल रुपमै जूम मार्फत मनाईएको हो।

https://www.amazon.com/b?node=5799614011&linkCode=ll2&tag=kushalstylehu-20&linkId=5482d31402769e2007f462399bc9f5f8&language=en_US&ref_=as_li_ss_tl

कार्यक्रममा समितिका कार्यवाहक सभापति महेश कुमार दाहाल, महामन्त्री सूर्य तामाङ,सहमहामन्त्री ईन्द्रहांग लिङदेन , सल्लाहकार
, नर कुमारी लिम्बू ,सल्लाहकार शिवजी श्रेष्ठ ,समितिका पूर्व सभापति विनोद राज मोक्तान, पूर्व उपसभापति कुमारी गुरुङ,पूर्व महामन्त्री बिजन भट्ट ,महामन्त्री आर. के. त्रिपाठी, पूर्व कोषाध्यक्ष कृष्ण गुरुङ, महामन्त्री केशव भण्डारी,अर्का महामन्त्री प्रवेश केसी,

सहमहामन्त्री उपेन पौडेल ,नेपाल प्रेस युनियन यूकेका अध्यक्ष बिपिन निरौला, रञ्जन मल्ल, हरिभक्त न्यौपाने र शशांक शर्मा , नेपाल प्रेस युनियन यूकेका सचिब मन्दिप केसी लगायत अधिकांश वक्ताहरुले नेपाली कांग्रेसका संस्थापक नेता बीपी कोइरालाले अवलम्वन गरेको राष्ट्रिय मेलमिलापको नीति र वर्तमानमा त्यसको सान्दर्भिकताको बारेमा चर्चा गरे। शुभकामना आदानप्रदान गर्ने क्रममा वक्ताहरुले नेपालमा हालै प्रधानमन्त्री केपी ओली र राष्ट्रपति विद्यादेवी भण्डारीले चालेको प्रतिनिधि सभा विघटनलाई असंवैधानिक भन्दै यसमा नेपाली कांग्रेस पार्टीले अब अपनाउनु पर्ने रणनीतिको बारेमा सुझावहरु पेश गरेका थिए।

प्रतिक्रिया

सम्बन्धित खवर