२१ पौष २०७७, मंगलवार

अस्ट्रेलियामा एक नेपाली विद्यार्थीको डुबेर मृत्यु भएको छ । अस्ट्रेलियाको सिड्नी सहरस्थित पोखरीमा डुबेर विराटनगर घर भएका २७ वर्षीय सचित बिमलीको मृत्यु भएको हो ।

https://www.amazon.com/b?node=5799614011&linkCode=ll2&tag=kushalstylehu-20&linkId=5482d31402769e2007f462399bc9f5f8&language=en_US&ref_=as_li_ss_tl

अस्ट्रेलियाली टेलिभिजन नाइन न्युजका अनुसार रोयल नेसनल पार्कस्थित वाटामोला पोखरीमा सोमबार अपराह्न पौडी खेल्ने क्रममा बिमलीको मृत्यु भएको हो।

पुलिस, फायर फाइटर, प्यारामेडिक्स र सर्फ लाइफसेभरले बिमलीको शरीर ४० मिनेट पछि सात मिटरको गहिराईमा फेला पारेका थिए।
त्यहाँ चट्टान भएका कारण त्यहाँ नजान चेतावनी संकेतहरू राखिएका छन्, जहाँ मानिसहरूलाई ‘तलको खोलामा खेल्न नजानु’ भनिएको छ ।

सिड्नीको अर्वनमा दिदीसँगै बसोबास गर्दै आएका थिए ।

सचेतका भिनाजु मेघराज भट्टराईले सोमबार दुःखद् घटना भएको बताए।

सचेत डुबेरको खबर आएपछि दिदीसहित परिवारका सदस्य विक्षिप्त बनेको बताइएको छ ।तलाउमा डुबेर अर्का एक युवक आफै निस्किन सफल भएका छन्।

भट्टराईका अनुसार सचेत अध्ययनका लागि अष्ट्रेलिया गएका थिए।अष्ट्रेलियाको प्रसिद्ध मक्वारी विश्वविद्यालयमा आइटीअन्तर्गत मास्टर्स डिग्रीको अध्ययन गरिरहेका थिए।

सन् २०१९ को जुलाईमा अस्ट्रेलिया पुगेका बिमली त्यहाँको प्रसिद्ध मक्वारी विश्वविद्यालयमा आइटीअन्तर्गत मास्टर्स डिग्री पढिरहेका थिए।

प्रतिक्रिया

सम्बन्धित खवर