३१ श्रावन २०७७, शनिवार

काठमाडौँ — भारतीय क्रिकेटर महेन्द्रसिंह धोनीले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिएको घोषणा गरेका छन् । भारतीय क्रिकेट टिमका पूर्वकप्तानसमेत रहेका धोनीले शनिबार साँझ इन्स्टाग्राममा एउटा पोस्ट गर्दै अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिएको घोषणा गरेका हुन् ।


उनले लेखेका छन्, ‘अहिलेसम्मको माया र समर्थनका लागि धन्यवाद । ७ : २९ बजेपछि मलाई रिटायर्ड खेलाडीका रुपमा लिनुहोला ।’

उनले आफ्‍नो करियरको विभिन्‍न आरोह-अवरोहलाई ‘मैं पल दो पलका शायर हूं’ गीतसहितको भिडियो बनाएर सेयर गरेका छन् ।

भारतीय क्रिकेटमा धोनीलाई सफल कप्तानका रुपमा हेरिन्छ । धोनीकै कप्तानीमा भारतले सन् २००७ मा ट्वान्टी–२० विश्वकप, सन् २०११ मा एकदिवसीय विश्वकप र सन् २०१३ मा आईसीसी च्याम्पियन्स ट्रफी जितेको थियो ।

धोनीले टेस्ट क्रिकेटबाट भने सन् २०१५ को सुरुवातमै सन्यासको घोषणा गरेका थिए । धोनीले सन् २००४ मा भारतीय टिममा डेब्यु गरेका थिए ।

 

प्रतिक्रिया

सम्बन्धित खवर