२१ पौष २०७७, मंगलवार

आज देशभरको मौसम बदली भएर हल्का वर्षा हुनुका साथै उच्च पहाडी र हिमाली क्षेत्रमा हिमपात हुने सम्भावना रहेको जल तथा मौसम

पूर्वानुमान महाशाखाले जनाएको छ ।काठमाडौंको आकाश अझैसम्म खुल्न सकेको छैन् । आज बिहानैदेखि उस्तै तुवालोले

काठमाडौंलाई ढाकेको छ । बिहीबारबाट मात्रै मौसममा सुधार आउने महाशाखाले जनाएको छ ।

मंगलबार सुदुर पश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशका थोरै स्थानमा तथा बागमती र प्रदेश १ मा एक वा दुई स्थानहरुमा हल्का

वर्षाको सम्भावना समेत छ ।सुदुर पश्चिम र कर्णाली प्रदेशका केही स्थान तथा गण्डकी र लुम्बिनी प्रदेशका एक दुई स्थानहरुमा हल्का

वर्षाको सम्भावना रहेको छ । साथै पश्चिमी उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको

महाशाखाले जनाएको छ । मंगलबार वर्षा र हिमपातको सम्भावना रहेकोले यात्रा गर्दा सावधानी अपनाउनु हुन महाशाखाले अनुरोध

गरेको छ ।

 

प्रतिक्रिया

सम्बन्धित खवर