२१ पौष २०७७, मंगलवार

साउदी अरबियाले कतारमाथिको नाकाबन्दी हटाउँदै सिमा नाका खुला गर्ने भएको छ ।  । साउदी अरबियाले साँढे ३ वर्षदेखि कतारमाथि

नाकाबन्दी लगाएको थियो ।

कतारले इस्लामिक अतिवादीहरुलाई प्रायोजन गरेको आरोप लगाउँदै साउदीले ऊ विरुद्धको नाकाबन्दीको नेतृत्व गरेको थियो ।

साउदीको कदमलाई खाडीका अन्य मुलुकहरु युएई, बहराईन र इजिप्टले पनि साथ दिएपछि सानो तर सम्पन्न मुलुक कतार घेराबन्दीमा

परेको थियो ।

कुवेतका अधिकारीहरुका अनुसार साउदीले कतारसँगको जमिन र समुद्री नाका खुलाउने सहमति जनाएको छ । साउदी अरबीयामा

आजबाट खाडी सहकार्य परिषदको सम्मेलन सुरु हुँदैछ । ।

यो सम्मेलनमा साउदीका राजा सलमान, कतारका अमीर तमिम बिन हमद अल थानीलगायतका नेताहरु सहभागी हुने अन्तर्राष्ट्रिय

समाचार संस्थाहरुले जनाएका छन् । नाकाबन्दी फुकुवाका लागि महत्वपूर्ण भूमिका निर्वाह गरेका कुवेत र अमेरिकी प्रशासनका केही

अधिकारीहरु पनि सम्मेलनमा सहभागी हुनेछन् । एजेन्सी

प्रतिक्रिया

सम्बन्धित खवर