२१ पौष २०७७, मंगलवार

बेलायतमा कोरोना भाइरस (कोभिड–१९) संक्रमितहरू झनै बढ्न थालेपछि फेरि देशव्यापी लकडाउनको घोषणा गरिएकाे छ ।

प्रधानमन्त्री बोरिस जोनसनले संक्रमण थप फैलन नदिनका लागि फेब्रुअरी मध्यसम्मका लागि लकडाउनको घोषणा गरेका हुन् ।

प्रधानमन्त्री जोनसनले सकेसम्म नागरिकहरूलाइ घरबाहिर ननिस्कन अनुरोध गरेका छन् । लकडाउन लागु भएसँगै मंगलबारदेखि

कोही पनि घरबाहिर निस्कन पाउने छैनन् ।

प्रधानमन्त्री जोनसोनले अर्को महिनाको मध्यदेखि संवेदनशील शीर्ष चार समुहलाई कोरोना विरुद्धको खोप दिन सुरु गर्ने बताएका छन्।

उनका अनुसार हेरचाह केन्द्रमा रहेका व्यक्ति, ७० वर्ष नाघेका वृद्धवृद्धा, सामाजिक र स्वास्थ्य क्षेत्रमा अग्रस्थानमा रहेर कार्यरत कर्मचारी

र जोखिमयुक्त मानिएका व्यक्तिलाई खोपको पहिलो डोज दिइने समाचार एजेन्सीहरूले जनाएका छन् ।

अहिलेसम्म बेलायतमा २७ लाखभन्दा बढी कोरोना भाइरसको संक्रमण पुष्टि भइसकेको छ भने ७५ हजार संक्रमितको मृत्यु भएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर