२० पौष २०७७, सोमवार

कालिकोटमा विस्फोटक पदार्थ सहित दुई जना पक्राउ परेका छन । पक्राउ पर्नेमा  नेत्रबिक्रम चन्द बिप्लव समुहका दुई जना कार्यकर्ता रहेका छन । नेपाल प्रहरीका प्रहरी निरिक्षक तथा अप्रेशन अफिसर महेशबिक्रम शाही र सशत्र प्रहरीका दिपेन्द्र सेट्टीको कमाण्डमा गएको टोलीले नरहरीनाथ ९ बाट प्रकाउ गरेको हो । पक्राउ पर्नेमा  दुर्ग पदमबहादुर पुन रहेको प्रहरीले जनाएको छ  ।

https://amzn.to/4myfPN5

अप्रेशनमा खटिएका प्रहरी निरीक्षक महेशबिक्रम शाहीका अनुसार बिप्लव समुहका प्राबिधिक बोहोराको घरबाट एक थान प्रेसर कुकर बम, सकेट, वायर, बन्दुक, जेवाले, डेटोनेटर १४ थान, सकेट ११ थान, ब्याटि चार्जर, सेफ्टी फ्युज, गन्धक १ किलोग्राम, सेलो टेप, हात हतियार बनाउने सम्बन्धि किताब, विप्लव समुहको राजनीतिक प्रतिबेदन, नमस्ते वइलकम कार्ड ११ थान, इस्काई १ थान, दुई वटा मोबाईल लगायतका बिस्फोटक पदार्थ बनाउन प्रयोग गरिने कच्चापदार्थहरु समेत प्रहरीले नियन्त्रणमा लिईएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर