पाल्पा,२०७७ साउन ३१ गते
रैनादेवी छहरा गाउँपालिका-३ भुवनपोखरी बल्घा बस्ने ४७ वर्षीय भोज बहादुर खाम्चा र २१ वर्षीय दिपेन्द्र खाम्चालाई २ थान एकनाले भरुवा बन्दुक सहित शनिबार बिहान प्रहरीले पक्राउ गरेको छ ।
उनीहरुले आफ्नै घरमा भरुवा बन्दुक लुकाई राखेको भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय पाल्पा र ईलाका प्रहरी कार्यालय मुझुङबाट खटिएको प्रहरीले घर तलासी गर्दा लुकाई छिपाई राखेका उक्त बन्दुक फेला पारेको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।


प्रतिक्रिया

सम्बन्धित खवर