१९ पुष २०७७

गृहमन्त्री रामबहादुर थापाको निर्देशन पछि राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीलाई अमर्यादित गालीगलौज गर्ने

व्यक्तिको खोजीमा प्रहरी जुटेको छ ।

प्रतिनिधि सभा विघटनको विपक्षमा गत मंगलबार भएको प्रदर्शनका क्रममा अमर्यादित नारा लगाउने व्यक्तिको प्रहरीले खोजी गरिरहेको

हो । गत मंगलबार नेकपा प्रचण्ड–माधव समूहले गरेको प्रदर्शनका क्रममा आपत्तिजनक नाराबाजी गरिएपछि यस विषयमा बालुवाटारले

पनि चासो देखाएको थियो ।

गृह मन्त्रालय पुगेर महिला नेतृहरूले कारबाहीको माग समेत गरेका थिए । त्यसपछि प्रहरी प्रधान कार्यालय, नक्सालले अनुसन्धान गर्न

साइबर ब्युरो, अपराध महाशाखा लगायतका युनिटलाई निर्देशन दिएको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर