१९ पुष २०७७

इस्लामावाद / पाकिस्तानको बलुचिस्तान प्रान्तमा भएको घटनामा परी कम्तीमा ११ मजदूरको मृत्यु भएको छ । कोइलाखानीमा भएको

https://amzn.to/4myfPN5

घटनामा परी त्यहीँ कार्यरत मजदुरहरुको मृत्यु भएको हो भने अरु तीन जना घाइते भएका छन् ।

बोलान जिल्लामा शनिबार गोलीकाण्ड भएको अधिकारीहरुले आइतबार जानकारी दिएका छन् । मजदूरहरुलाई अपरिचित

लडाकूहरुले गोली प्रहार गरेको बोलानका उप–आयुक्त मुराद कासीले बताए ।

घटनामा परी घाइते भएका मजदूरहरुलाई स्थानीय अस्पतालमा उपचार गराइएको छ । उनीहरुको अवस्थाका बारेमा जानकारी

गराइएको छैन ।  घटनाका बारेमा अनुसन्धान भइरहेको र अहिलेसम्म कसैले आफ्नो संलग्नताको जिम्मेबारी पनि नलिएको

अधिकारहिरुले जनाएका छन् ।–सिन्ह्वा

प्रतिक्रिया

सम्बन्धित खवर