१९ पुष २०७७

कोरोना भाइरस (कोभिड–१९) को संक्रमणबाट विदेशमा थप ३ नेपालीको मृत्यु भएको छ ।


गैरआवासीय नेपाली संघ (एनआरएनए)ले दिएको जानकारी अनुसार यो साता नेपालमा थप तीन नेपालीको मृत्यु भएको हो ।

एनआरएनका अनुसार युकेमा १ र पोर्चुगलमा २ जना नेपालीको मृत्यु भएको हो । योसंगै विदेशमा कोरोना भाइरसबाट मृत्यु हुने नेपालीको कुल संख्या ३ सय १५ पुगेको छ ।

संघको स्वास्थ्य समितिका संयोजक सञ्जीव सापकोटाका अनुसार शनिवार साँझसम्म विभिन्न ५० देशमा रहेका ५३ हजार ३ सय ८५ जना नेपालीमा कोरोना संक्रमण देखिएको छ ती मध्ये ५० हजार ६ सय ५६ जना कोरोना मुक्त भएका छन्

प्रतिक्रिया

सम्बन्धित खवर