१९ पुस २०७७

स्थगित रहेकाे नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आज बस्ने भएकाे छ । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभा विघटन

https://amzn.to/4myfPN5

गरेपछि छलफल गर्न गत पुस ७ गते सुरू भएकाे उक्त बैठक १० स्थगित गरिएको थियो । आज (आइतबार) दिउँसो १ बजे पार्टीकाे

केन्द्रीय कार्यालय सानेपामा साे बैठक बस्न लागेको जनाइएकाे छ ।

प्रतिनिधि सभा विघटनपछि कांग्रेसभित्र निर्वाचनमा जाने या आन्दोलनमा भन्ने बहस जारी छ । साथै याे विषय सर्वाेच्च अदालतमा

विचाराधीन रहेकाले अदालतको निर्णय पर्खने कि भन्ने पक्षमा पनि नेताहरूबीच मतभेद छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले यही पुस ५ गते प्रतिनिधि सभा विघटन गरेपछि उक्त कदम असंवैधानिक रहेकाे भन्दै परेका मुद्दा

सर्वोच्चमा विचाराधीन छन् । उक्त कदमलाई कांग्रेसले पनि असंवैधानिक, अलोकतान्त्रिक भनेको छ, तर चुनावमा जानु पनि उचित हुने

एकथरी कांग्रेसीकाे तर्क छ ।

प्रतिक्रिया

सम्बन्धित खवर