३१ श्रावन २०७७, शनिवार

वाग्मती प्रदेशको मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानअन्तर्गतको हेटौँडा अस्पतालले १२० श्यैयाको सुविधा सम्पन्न आइसोलेसन वार्ड स्थापना गरेको छ । अस्पतालले हेटौँडा उपमहानगरपालिकासँग समेत सहकार्य गरेर हेटौँडा-६ स्थित गौरीटार रङ्गशालामा रहेको छात्रवास भवनमा आइसोलेसन वार्ड सञ्चालनमा ल्याइएको हो ।
केही दिनअघि प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेल, सामाजिक विकासमन्त्री युवराज दुलाल, प्रदेशका प्रमुख सचिव डा मानबहादुर विश्वकर्मा, हेटौँडा उपमहानगरपालिकाका प्रमुख हरिबहादुर महत, प्रदेश प्रहरी प्रमुख वसन्तकुमार लामालगायत विज्ञ एवं चिकित्सकको टोलीले त्यस क्षेत्रको अवलोकन गरी आइसोलेसन वार्ड सञ्चालनका लागि उपयुक्त हुने ठहर गरेको थियो ।
वार्डमा केही साताअघि लिसा हिमालयन इभीले सहयोग गरेको सैया प्रयोग गरिएको छ ।
नवनिर्मित आइसोलेसन वार्डमा नेपाल प्रहरीका नौसहित १२ जना कोरोना सङ्क्रमितलाई राखिएको छ । आइसोलेसन वार्ड क्षेत्र परिसरमा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीलाई सुरक्षाका लागि खटाइएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर