शुक्रबार, पुस १७, २०७७

डोल्पा– हिमाली जिल्ला डोल्पाबाट दुई जना कोरोना सङ्क्रमित बिरामीको हेलिकप्टरबाट उद्धार गरिएको छ ।

https://amzn.to/4myfPN5

ठूलीभेरी नगरपालिकाका ६० वर्षीय एक वडाध्यक्ष र सदरमुकाम दुनैस्थित सरस्वती माध्यमिक विद्यालयमा कार्यरत ५४ वर्षीय शिक्षकको कैलाश एयरको हेलिकप्टरबाट उद्धार गरिएको हो ।

दुवै जना सङ्क्रमितको अवस्था गम्भीर रहेकाले हेलिकप्टरबाट उद्धार गरी काठमाडौँ लगिएको प्रमुख जिल्ला अधिकारी माधवप्रसाद ढकालले बताए।

केही दिनअघि मात्र कोरोना रिपोर्ट पोजेटिभ आएका दुवै जनाको स्वास्थ्य अवस्था सामान्य भए पनि बिहीबारदेखि दुवै जनाको अवस्था थप जटिल बनेको प्रजिअ ढकालको भनाइ छ ।

जिल्लामा निषेधाज्ञा गर्ने, विद्यालय बन्द गर्नेलगायत विषयमा छलफल भइरहेको प्रशासनको भनाइ छ । उद्धारका लागि दुवै जनाले आफ्नो खर्चमा हेलिकप्टर चार्टर गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर