काठमाडौं, २०७७ पुस १७ गते
सर्लाही, लालबन्दी नगरपालिका-१३ पत्थरकोटबाट करिब ५ केजी अवैध लागूऔषध गाँजा सहित २ जनालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा धनुषा वटेश्वर नगरपालिका-५ बस्ने २६ वर्षीय पवन महतो र सोही ठाउँ बस्ने १८ वर्षीय किशोर रहेका छन् । प्रहरी चौकी पत्थरकोटबाट खटिएको प्रहरीले ज.८ प २९५४ नम्बरको मोटरसाइकल जाँच गर्नेक्रममा मोटरसाइकलमा सवार उनीहरूलाई झोला र सिमेन्टको बोराभित्र लुकाई ल्याएको उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।
सुनसरी, ईटहरी उपमहानगरपालिका-९ बुढीखोलाबाट अवैध लागूऔषध करिब ३ किलो गाँजा सहित मोरङ केराबारी नगरपालिका-१ बस्ने २४ वर्षीय मान बहादुर लिम्बुलाई शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय ईटहरीबाट खटिएको प्रहरीले को.१४ प ९२०९ नम्बरको मोटरसाइकल जाँच गर्नेक्रममा मोटरसाइकल चालक लिम्बुलाई उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।
यस सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।


प्रतिक्रिया

सम्बन्धित खवर