नेपाल कम्युनिस्ट पार्टी (नेकपा) विभाजनकाे प्रभाव प्रदेश- २ मा पनि परेकाे छ । नेकपाकाे प्रचण्ड-नेपाल समूहले प्रदेश- २ का संसदीय दलका नेता सत्यनारायण मण्डलविरूद्ध अविश्वासकाे प्रस्ताव दर्ता गरेर हटाउने थालेकाे हाे । मण्डल नेकपाकाे केपी ओली पक्षबाट प्रदेश संसदीय दलका नेता रहेका थिए ।

हाल प्रदेश- २ मा नेकपाबाट कुल ३२ जना सांसद रहेका छन् । तीमध्ये १७ जना सांसदकाे हस्ताक्षर सहित दलका उपनेता रामकुमार यादवसमक्ष दलका नेता मण्डलविरुद्व अविश्वासको प्रस्ताव दर्ता गराइएकाे जनाइएकाे छ ।

https://www.amazon.com/b?node=5799614011&linkCode=ll2&tag=kushalstylehu-20&linkId=5482d31402769e2007f462399bc9f5f8&language=en_US&ref_=as_li_ss_tl

प्रदेशका ३२ सांसदमध्ये २० जना प्रचण्ड-नेपाल पक्षमा रहेकाे यस समूहकाे दाबी छ । अविश्वासको प्रस्ताव दर्ता गराउन एक चौथाइ सांसद आवश्यक पर्ने व्यवस्था छ । आइतबार बस्ने संसदीय दलको बैठकमा उक्त अविश्वास प्रस्ताव पेस गरिने जनाइएकाे छ ।

प्रतिक्रिया

सम्बन्धित खवर