१६ पौष २०७७, बिहिवार

पाकिस्तानमा एक हिन्दु सन्तको समाधीस्थल आक्रोसित भीडले ध्वस्त पारेको छ ।

पाकिस्तानको खैबर पख्तुनख्खा प्रान्तको काराक जिल्लामा अवस्थित हिन्दु सन्त श्री परम हंसजी महाराजको ऐतिहासिक समाधिस्थल ध्वस्त पारिएको हो । प्रहरीका अनुसार काराक जिल्लाको टेरी गाउँमा एक हिन्दु नेताले बनाउन लागेको घर समाधिस्थलमा जोडिएको भन्दै स्थानीय भीड आक्रोसित बनेको थियो ।

यसअघि सन् १९९७ सालमा सोही समाधिस्थलको विषयलाई लिएर स्थानीयवासीले पहिलोपटक आक्रमण गरेका थिए । त्यसपछि पाकिस्तानको सर्वोच्च अदालतको आदेशपछि खैबर पख्तुनख्वाको प्रान्तीय सरकारले यसको पुनर्निर्माण गरेको थियो । सन् १९१९ मा सोही ठाउँमा सन्तको अन्त्येष्टि गरिएको थियो र उनका अनुयायीहरुले सो ठाउँमा वर्षौदेखि पुजापाठ गर्दै आएका थिए । (एजेन्सी)

प्रतिक्रिया

सम्बन्धित खवर