१६ पौष २०७७, बिहिवार

म्याग्दीको रघुगङ्गा गाउँपालिकाले गाउँसभामा भोट गरेर अस्पताल वनाउन ठाउको टुगो लगाएको छ । मौवाफाँट, पिप्ले र बेग मध्ये कहाँ अस्पताल बनाउने भन्ने विषयमा जनप्रतिधिबीच सहमति जुट्न नसकेपछि निर्णयका लागि गाउँसभामा मतदान गराइएको थियो । ठाउँको विवादका कारण मङ्सिर १५ गते तय गरिएको अस्पताल शिलान्यास कार्यक्रम हुन सकेको थिएन ।
४२ जना गाउँसभा सदस्यमध्ये सभामा ३५ जनाको उपस्थितिमा सहभागी ३० मध्ये २६ जनाले बेग र चार जनाले मौवाफाँटको पक्षमा मत हालेका थिए ।
बेगको देउरालीमा अस्पताल भवन निर्माणका लागि स्थानीयवासी लोकबहादुर, हिमबहादुर र मेजन फगामीले पाँच रोपनी तथा देउबहादुर, टुकबहादुर, दानबहादुर पुर्जा र जीतबहादुर गर्बुजाले चार रोपनी जग्गा उपलब्ध गराएका छन । विवाद सकिए सगै अव वेगमा १० सैयाको अस्पताल वन्ने भएको छ ।

https://www.amazon.com/b?node=5799614011&linkCode=ll2&tag=kushalstylehu-20&linkId=5482d31402769e2007f462399bc9f5f8&language=en_US&ref_=as_li_ss_tl

प्रतिक्रिया

सम्बन्धित खवर