१५ पौष २०७७, बुधवार

शुक्रवार देखि अनलाइन मार्फत पुनः श्रम स्वीकृति लिने व्यवस्था कार्यान्वयनमा आउने भएको छ ।  वैदेशिक रोजगार विभागका अनुसार वैदेशिक रोजगारीमा कार्यरत नेपालीले म्यादी जीवन बीमा र कल्याणकारी कोषको रकम भुक्तानी गरी अनलाइन मार्फत नै पुनः श्रम स्वीकृति लिन सक्ने भएका हुन् ।

 विभागका अनुसार एकपटक विभागको अनलाइन प्रणालीबाट बायोमेटिक (आँखाको स्क्यान वा औठाको स्क्यान) गरेर श्रम स्वीकृति लिइसकेकाहरुले अनलाइन मार्फत पुनः श्रम स्वीकृति लिन पाउने भएका छन् ।

सुचना हेर्नुहोस् ।

 

प्रतिक्रिया

सम्बन्धित खवर