१५ पौष २०७७, बुधवार

धनुषाको पूर्व–पश्चिम राजमार्गमा भएको सवारी दुघटनामा परि २ जनाको मृत्यु भएको भने दुईजना गम्भिर घाइते भएका छन् । धनुषाधाम नगरपालिका वडा नम्बर ९ धारापानी मालटोलमा भारतीय ट्रक र नेपाल आयल निगमको टयाङ्कर एक आपसमा जुध्दा २ जनाको घटनास्थलमै मृत्यु भएको हो ।
पूर्वतिर जाँदै गरेको ना ४ च ९३१७ नम्बर पिकअप बोलेरोलाई पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको बिआर ०६ जिडी ८८५९ नम्बरको भारतीय ट्रकले ठक्कर दिएको थियो । सोही क्रममा पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको को १ ख २३३८ नम्बरको डिजेल बोकेको तेल ट्याङकर भारतीय ट्रकमा ठोक्किएर दुर्घटना भएको ईलाका प्रहरी कार्यालय ढल्केवरले जनाएको छ ।
दुर्घटनामा परी को १ ख २३३८ ट्याङ्करका चालक मोरङ विराटनगर महानगरापलिका–४ बस्ने वर्ष ३६ का अर्जुनकुमार मण्डल र भारतीय ट्रक चालक २० वर्षीय रंगीलाकुमारको मृत्यु भएको हो । दुर्घटनाका घाईतेहरुलाई स्थानिय अस्पतालमा उपचारको लागि पठाईएको प्रहरीले जानकारी गराएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर