१५ पौष २०७७, बुधवार

 दक्षिण भारतीय फिल्मकी नायिका रश्मिका मन्दाना बलिउड फिल्ममा डेब्यू गर्न लागेकी छन् ।

रश्मिका बलिउडका बिग बी अभिताभ बच्चनसँग देखिँदै छिन् । त्यसो त फिल्ममा अर्का नायक सिद्धार्थ मल्होत्रा समेत छन् । उनले नयाँ भाषाको फिल्ममा काम गर्न पाउँदा आफू उत्साहित रहेको बताएकी छन् ।

विकास बालले निर्देशन गर्न लागेको फिल्मको नाम डेड्ली रहेको बताइएको छ । आगामी वर्षको मार्चबाट फिल्मको छायाङ्कन सुरु हुँदै छ । जसमा रश्मिका छोरी र अमिताभ बाबुको रोलमा देखिँदै छन् । दक्षिण भारतीय फिल्म डियर कमरेडबाट उनले चर्चा बटुलेकी थिइन् । एजेन्सी/

प्रतिक्रिया

सम्बन्धित खवर