१४ पौष २०७७, मंगलवार

अन्तर्राष्ट्रिय बजारमा कच्चा पदार्थको भाउ बढेपछि डन्डीको भाउ किलोकै सय रुपैयाँ पुगेको छ। दुई महिनाको अवधिमा डन्डीको मूल्य किलोमै २५ रुपैयाँ मूल्य बढेको छ।  सोमबार विभिन्न कम्पनीले काठमाडौंका हार्डवेयरमा पठाएको मूल्य अनुसार लक्ष्मी, समृद्धि, जगदम्बा र अम्बे स्टीलको खुद्रा बिक्री मूल्य(एमआरपी) ९८ रुपैयाँदेखि एक सय रुपैयाँको हाराहारीमा पर्छ। पञ्चकन्याले एमआरपी मूल्यनै किलोको १ सय ५ रुपैयाँ पठाएको छ।

सिमेन्टको मूल्य समेत बढ्न थालेको छ। शिवम सिमेन्टले सोमबारदेखि लागु हुने गरि फ्याक्ट्री मूल्य बोरामै २० रुपैयाँ बढाएको छ।

अब शिवम सिमेन्ट काठमाडौंका उपभोक्ताले बोराको ८ सय रुपैयाँ तिर्नुपर्नेछ। कोइलाको मूल्य टनमा २५ डलरले बढेपछि सिमेन्टको मूल्य बढाइएको हो।

अन्तर्राष्ट्रिय बजारमा कोइलाको सबैभन्दा ठूलो खरिदकर्ता चीनले ट्रेड वारका कारण अस्ट्रेलियाबाट कोइलाको आयात बन्द गरेपछि दक्षिण अफ्रिकाको कोइला सबैभन्दा महँगो पर्न थालेको हो। चीनले हाल दक्षिण अफ्रिकाका निर्यातकर्तासँग मात्र कोइलाको कारोबार गरिरहेको छसिमेन्ट बनाउँदा २० प्रतिशत कोइला प्रयोग हुन्छ। कोइलाको भाउ बढिरहेकोले त्यसको प्रत्यक्ष प्रभाव सिमेन्टमा परेको हो।

सिमेन्ट र डन्डी मात्रै होइन एक महिनाको अवधिमा गिट्टी र बालुवाको समेत मूल्य बढेको छ। अवैध गिट्टी र बालुवा उत्खननमा रोक लगाएपछि मूल्य बढेको हो।

अहिले एक ट्रिपर बालुवाको मूल्य दुई हजार रुपैयाँले बढेको छ। २३ हजार रुपैयाँमा एक ट्रिपर बालुवा पाइने गरेकोमा अहिले त्यो २५ हजार रुपैयाँ पुगेको छ। कालो गिट्टी एक ट्रिपरको २४ हजारमा पाइने गरेकोमा अहिले बढेर २६ हजार रुपैयाँ पुगेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर