मलखाद कालोबजारी गरेको अभियोगमा कलैया उपमहानगरपालिका-१ राजदेवी टोलबाट २ जनालाई शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरुमा कलैया उपमहानगरपालिका-१ स्थित कुशवाहा बिज भण्डारका संचालक सोही उपमहानगरपालिका-१७ बस्ने ३४ वर्षीय मुरारी साह तेली र आसका मिनीमाई कृषि सहकारी संस्था लिमिटेडका कर्मचारी कलैया उपमहानगरपालिका-१ बस्ने महागढीमाई नगरपालिका-७ घर भएका धनन्जय प्रसाद साह रहेका छन् ।
साल्ट ट्रेडिङ वीरगंजबाट उक्त सहकारीलाई अनुदानमा बिक्री गरिएको मल उनीहरूले बढी मूल्य लिई बिक्री गरिरहेको भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय बाराबाट खटिएको प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो । साथै उनीहरुले स्टोर गरी राखेको युरिया मल १९ बोरा, सल्फेट १४ बोरा र भारतीय युरिया मल २२ बोरा समेत प्रहरीले बरामद गरेको छ ।
उनीहरु उपर कालो बजार तथा केही अन्य सामाजिक अपराध तथा सजाय ऐन, २०३२ अनुसार आवश्यक कारवाही भइरहेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर