१३ पौष २०७७, सोमवार

सुदूरपश्चिम प्रदेश सरकारले खप्तड क्षेत्र पर्यटन विकास समितिको अध्यक्षमा पुर्व संविधान सभा सदस्य डोटीका हर्कबहादुर सिंहलाई नियुक्त गरेको छ ।
सोमबार बसेको प्रदेश मन्त्रीपरिषद् बैठकले सिंहलाई अध्यक्षमा नियुक्त गरेको हो ।
समितिको सदस्यमा अछाम साँफेबगर नगरपालिका ११ का  लक्ष्मण खड्का, बाजुरा खप्तड छेडेदह गाउँपालिका २  का गणेश बहादुर शाही नियुक्त भएका हुन् ।
त्यस्तै बझाङ खप्तड छान्ना गाउँपालिका ४ का मिश्र रोकाया र डोटी सायल गाउँपालिका ३ का हरिपाल थापा पनि सदस्यमा नियुक्त भएका छन् ।यसैगरी महिला सदस्यमा डोटीको पूर्वीचौकी गाउँपालिका ५ की मनीषा धानुक नियुक्त भएकी छन्  भने बाजुराको बुढिनन्दा नगरपालिका ७ का भीम खड्का कार्यकारी अधिकृतमा नियुक्त भएको आर्थिक मामिला तथा योजना मन्त्रालय श्रोतले जानकारी दिएको छ ।


प्रतिक्रिया

सम्बन्धित खवर