१३ पौष २०७७, सोमवार

धनगढीमा दुई जना प्रहरी हत्या प्रकरणका मुख्य योजनाकार पक्राउ परेका छन् । घटनाका मुख्य योजनाकार भनिएका ३० वर्षीय सुकबहादुर रानालाई प्रहरीले घटना भएको ढाई महिनापछि समातेको हो ।

https://amzn.to/4myfPN5

धनगढी उपमहानगरपालिका–१० चकमेलीवासी रानालाई जिल्ला प्रहरी कार्यालय कैलालीले पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको छ । गत कार्तिक १ गते नियमित गस्तीमा खटिएका बेला अस्थायी प्रहरी पोष्ट धनगढी जुगेडाका इन्चार्ज प्रहरी सहायक निरीक्षक गोविन्द बिक र प्रहरी जवान रामबहादुर साउद वेपत्ता भएका थिए ।

विक कार्तिक २ गते नेपाल–भारत सीमा भएर बग्ने मोहना नदीमा विभत्स हत्या गरेको अवस्थामा भेटिएका थिए भने २ दिनपछि साउँद पनि मोहना नदीमै हत्या गरेकै अवस्थामा फेला परेका थिए । यसअघि सो घटना अभियोगमा पक्राउ परेका ८ जनालाई पुर्पक्षको लागि कारागार चलान गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर