१३ पौष २०७७, सोमवार

पूर्व राजा ज्ञानेन्द्र शाह र पूर्व रानी कोमल शाह झापा आएका छन् ।

https://www.amazon.com/b?node=5799614011&linkCode=ll2&tag=kushalstylehu-20&linkId=5482d31402769e2007f462399bc9f5f8&language=en_US&ref_=as_li_ss_tl

बुद्ध एयर चढेर पूर्व राजदम्पत्ती आइतबार बेलुका पौने ६ बजे झापा आएका हुन् । भद्रपुरस्थित चन्द्रगढी विमानस्थल ओर्लिएका पूर्व राजदम्पत्तीलाई विमानस्थलमै समर्थकहरूले भव्य स्वागत गरेका थिए ।

समर्थकहरूले पूर्व राजाको पक्षमा राजा आउँ देश बचाउ, हाम्रो राजा, हाम्रो देश, मेची महाकाली हल्ला छ राजा ल्याउने सल्लाह छ, गणतन्त्र मुर्दावाद, सङ्घीयता खारेज गर, हिन्दुराष्ट कायम गर्ने भन्ने चर्को नाराबाजी लगाएका थिए ।

समर्थकहरूको स्वागत पश्चात् पूर्व राजदम्पत्ती दमकतर्फ प्रस्थान गरेका छन् । त्यहाँ उनको आफ्नै निजी चिया बगान अर्थात् हिमालयन टी स्टेटको भवनमा बस्ने कार्यक्रम रहेको उनको निजी सचिवालयले जनाएको छ ।

झापा आएका पूर्व राजदम्पत्ती त्यहाँ करिब ४ हप्तासम्म बस्ने बुझिएको छ । झापा बसाइको क्रममा उनले राजनीतिक भेटघाट र केही शक्ति पीठको दर्शन एवं पूजाआजा गर्ने कार्यक्रम रहेको जनाइएको छ । पूर्व राजदम्पत्ती हरेक वर्ष जाडोको समयमा करिब एक महिना बस्ने गरी झापा आउने गरेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर