१३ पौष २०७७, सोमवार

नेकपा दुई समूहमा विभाजन भएपछि प्रदेश सरकारको चिन्ता थपिदैँ गएको छ।  राष्ट्रिय जनमोर्चाले प्रदेश सरकारमा आफ्नो समर्थन यथावत रहने बताएपछि गण्डकी प्रदेश सरकार संकटमुक्त भएको हो।

https://www.amazon.com/b?node=5799614011&linkCode=ll2&tag=kushalstylehu-20&linkId=5482d31402769e2007f462399bc9f5f8&language=en_US&ref_=as_li_ss_tl

अविश्वासको प्रस्ताव आउन सक्ने संकट जनमोर्चाका ३ जना प्रदेश सभा सदस्यहरुको समर्थनबाट टरेको छ।प्रदेश सांसद कृष्ण थापाले आफ्नो समर्थन यथावत रहेको जानकारी दिए।

उनले भने, ‘संघीय संसद विगठन असंवैधानिक नै हो। हामीले त्यसको विरोध गरेका छौं। तर, प्रदेश सरकारलाई दिएको हाम्रो समर्थन निरन्तर रहन्छ।

गण्डकीमा ओली समूहका २७ जना सांसद रहेका छन्। जनमोर्चाले साथ दिएपछि यो संख्या ३० पुगेको छ। अविश्वासको प्रस्तावका लागि १ चौथाइ सांसद संख्या चाहिन्छ। ६० सदसीय प्रदेश सभामा ३० जना ओली समूहलाई नै सहयोग गर्ने भएका हुन।

गण्डकी प्रदेशमा १३ जना प्रचण्ड–नेपाल पक्षका सांसद छन्। जसमा १२ जना प्रचण्डका हुन भने १ जना नेपालका हुन्। प्रदेशमा १५ जना नेपाली कांग्रेसका सांसदहरु रहेका छन्, २ जना जनता समाजवादी पार्टीका सांसदहरु रहेका छन्।

प्रतिक्रिया

सम्बन्धित खवर