३१ साउन
आज देशभर आंशिकदेखि सामान्य बदली रही धेरैजसो स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।
विभागका अनुसार मनसुनी न्यून चापीय रेखा पश्चिममा नेपाल नजिक दक्षिणतर्फ अवस्थित रहेकाले अझै वर्षाको सम्भावना रहेको छ । हाल देशभर सामान्य बदली रही प्रदेश १, वाग्मती प्रदेश, गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका केही स्थानमा वर्षा भइरहेको छ ।
दिउँसो भर सामान्य बदली रही धेरै स्थानहरुमा मेघगर्जन र चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । गण्डकी प्रदेश ,प्रदेश नं ५ , कर्णाली प्रदेश, र सुदुर पश्चिम प्रदेशका १र२ स्थानहरुमा भारी वर्षाको समेत सम्भावना रहेको छ ।
राति देशभर सामान्य बदली रही धेरै स्थानहरुमा मेघगर्जन, चट्याङ्गसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । नं प्रदेश १, गण्डकी प्रदेश , प्रदेश नं ५ , कर्णाली प्रदेश,र सुदुर पश्चिम प्रदेशका १ र २ स्थानहरुमा भारी वर्षाको समेत सम्भावना रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर