१२ पौष २०७७, आइतवार

काभ्रेमा पनि नेकपा विभाजनको असर देखिएको छ ।जिल्लामा ओली समुह र दाहाल–नेपाल समुहले आफ्नो पक्षको शक्ति प्रदर्शन गर्न थालेका छन् । आइतबार जिल्लामा ओली समुहले धुलिखेलबाट बनेपामा रहेको पार्टी कार्यालयसम्म मोटरसाइकल र्याली निकालेको छ । सहभागीले नेकपा जिन्दावाद, ओलीका लागि होइन भोलीका लागि लगायतका नारा लगाएका थिए । उता, दाहाल-नेपाल समुहले पनि जिल्ला स्तरीय अगुवा कार्यकर्ता भेला गरेको छ । भेलालाई नेकपा स्थायी कमिटी सदस्य एवं वागमती प्रदेश इन्चार्ज अष्टलक्ष्मी शाक्य, नेकपा बाग्मती प्रदेश कमिटी अध्यक्ष नारायण दाहाल, जिल्ला अध्यक्ष रुकु चौलागाँई लगायतले सम्बोधन गर्नुभएको थियो । दुवै पक्षले एक–अर्कालाई पार्टी एकता विरोधी पक्षकोे रुपमा चित्रण गरेका छन् ।

 

प्रतिक्रिया

सम्बन्धित खवर