१२ पौष २०७७, आइतवार

गुल्मीमा ट्रकको ठक्करबाट दुई जना पैदलयात्रीको मृत्यु भएको छ । बुटवलबाट तम्घास आउदैं गरेको ना ५ ख ३२०४ नं को ट्रकले रेसुङ्गा नगरपालिका वडा नं. १३ मसिनेखोलामा  ठक्कर दिदाँ मसिनेखालाका २६ वर्षीय टोपबहादुर रजाली र सोही ठाउँकै २३ वर्षीय बालकृष्ण भुजेलको घटना स्थलमै ज्यान गएको हो ।
शनिवार राती १२ र १ बजेतिर दुर्घटना भएको हो । ठक्कर दिने ट्रक र चालक प्रहरीको नियन्त्रणमा रहेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर