१२ पौष २०७७, आइतवार

एजेन्सी- प्रिमियर लिग फुटबलमा चेल्सीमाथि आर्सनलले सहज जित निकालेको छ ।शनिबार रातिको खेलमा आर्सनलले चेल्सीलाई ३–१ गोल अन्तरले हराएको हो ।पहिलो हाफमै २–० को अग्रता लिएको आर्सनलले दोस्रो हाफको सुरूवातैमै ३-० को अग्रता बनाएको थियो ।


आर्सनलका अलेक्जेन्ड्रे लाकाजेटले पेनाल्टीमार्फत घरेलु टोलीलाई अग्रता दिलाएका थिए । ग्रेनिट जाकाले फ्रि–किकमार्फत शानदार गोल गर्दै खेल नियन्त्रणमा राखेका थिए ।बुकायो साकाले दोस्रो हाफको सुरुवातमै आर्सनललाई ३–० को अवस्थामा पुर्‍याए । जितसँगै आर्सनल १७ अंक जोड्दै तालिकाको १४औँ स्थानमा उक्लिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर