
११ पौष २०७७, शनिवार
कोरोना विरुद्धको भ्याक्सिन लगाउने काम पोर्चुगलमा भोली २७ जनवरी २०२० देखि शुरु हुने भएको छ ।भ्याक्सिनको लागि सरकारी राष्ट्रिय स्वास्थ्य सेवा (SNS) बाट सम्पर्क गरिने सूचनामा जनाइएको छ । भ्याक्सिन पहिलो चरणमा संक्रमणको सबैभन्दा प्रभावित क्षेत्र राजधानी लिस्बन, पोर्तो, अल्गार्भ, कोइम्ब्रामा प्रयोगमा ल्याइने छ ।भ्याक्सिनको प्राथमिकतामा फ्रन्ट लाइनका स्वास्थ्यकर्मी, बृद्दबृद्दा, केयर होममा काम गर्ने र दीर्घ रोगीहरु रहने छन् ।भ्याक्सिन लगाउन अनिवार्य गरिने छैन तर नि:शुल्क वितरण गरिने छ ।
यसभन्दा अघि नै पोर्चुगल सरकारले झण्डै २२ मिलियन अर्थात २ करोड २० लाख डोज भ्याक्सिन ल्याइने घोषणा गरिसकेको छ ।
अहिले पनि पोर्चुगलमा कोरोना संक्रमणको दर उच्च छ । दैनिक तीन हजार भन्दा माथि संक्रमित भइरहेका छन् भने ७० देखि ८० जनाको दरले संक्रमण बाट मृत्यु भइरहेको स्वास्थ्य सेवा विभागले जारी गरेको विवरणमा देखिन्छ ।