११ पौष २०७७, शनिवार

झापाली समाज युएईको तेश्रो अधिवेशनवाट अध्यक्षमा दुर्योधन कार्की चयन भएका छन् । समितिको प्रथम उपाध्यक्षमा खगेन्द्र बुढाथोकी, द्वितीय उपाध्यक्षमा कृष्ण फुयाल, महिला उपाध्यक्षमा विश्नुमाया दंगाल, महासचिवमा दिनेश नेपाल, सचिवमा लोकनाथ कोइराला, र प्रशान्त ताजपुरिया चयन भएका छन ।

https://amzn.to/4myfPN5

समितिको कोषाध्यक्षमा प्रेमकुमार अधिकारी, सह कोषाध्यक्षमा काशीनाथ ढकाल र केन्द्रीय सदस्यहरुमा उज्ज्वल दाहाल र भीमप्रसाद प्याकुरेल निर्वाचित भएका छन ।

भचुअल भएको कार्यक्रममा  अन्तर्राष्ट्रिय झापाली समाजका अध्यक्ष छत्र सुब्बा,पुर्वमहासचिव अमरराज राई,निवर्तमान अध्यक्ष अशोक चापागाईं,निवर्तमान कोषाध्यक्ष भरत बुढाथोकी,अन्तर्राष्ट्रिय झापाली समाजका उपाध्यक्ष नवीन पोखरेल, नेपाली समाज युएईका अध्यक्ष गोविन्द ढकाल, एनआरएनए युएई तथा आजिवन सदस्य, निस्चल दाहालले पुरानो समितिलाई धन्यवाद प्रकट गर्दै नयाँ समितिलाई शुभकामना प्रकट गरेका थिए ।
यसैगरी अन्तर्राष्ट्रिय झापाली समाजका सचिव रामप्रसाद ढुंगेल, नेपाल पत्रकार महासंघ युएई शाखा उपाध्यक्ष मेघराज सापकोटा, प्रगतिशील नेपाली समाज युएईका अध्यक्ष जीवन दास लगायतका सामाजिक अभियन्ताले झापाली समाजले युएईले नेपाली सामाजिक जीवनमा पुर्‍याएको योगदानको चर्चा गरेका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर