३० साउन्,स्याङ्जा ।
विश्वमा फैलिएको कोराना भाईरसले नेपालको पनि हरेक क्षेत्रलाई नराम्रो संग असर पारिरहेको छ । नेपालको पनि ठाउँ ठाउँमा स्थानिय सरकारले लकडाउन गरिरहेका छन । चार महिनाको लकडाउनवाट भर्खरै मात्र सामान्य अवस्थामा आउन थालेकामा पुन सक्रमण वढेसंग सवैकुरा तहसनहस हुन थालेका छन ।


शैक्षिक संस्थाहरु चैत्रको ६ गते देखि नै वन्द भएपनि लाखौ विधार्थीहरुको भविश्य अन्योलमा परेको छ । ब्यापार ब्यवसायहरु ठप्प छन । पछिल्ला दिनहरुमा स्वास्थकर्मीहरु,सुरक्षाकर्मीहरुमा समेत सक्रमण देखिन थालेपछि सवैमा त्रास वढदै गएको छ ।कोरोना मुक्त घोषणा जिल्लामा पनि दिन प्रतिदिन कोरोना सन्क्रमण बद्डो छ ।


कोरोना भाइरसको सङ्क्रमण झन् झन् बढ्दै समुदाय स्तरमा फैलँदै जानथालेपछि सरकारले सक्रमणवाट बच्नको लागी विभिन्न अभियान सगै घर भित्रै बस्न आग्रह गरिरहेको छ । स्याङ्जाका प्रत्येक नगरपालिका तथा गाउ पालिका साथै कालीगण्डकी ७ मा पनि अत्यावश्यक काम बाहेक वाहिर हिडडुल नगर्न अनुरोध गरिएको छ । प्रहरीले आज बाट थप कडाइ गरेको छ । कडाई सगै ब्यापारिक केन्द्र मिर्मि सुनसान वनेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर