११ पौष २०७७, शनिवार

आयुर्वेद शब्द आयुंवेद शब्दको संयोगबाट बनेको हुन्छ, अर्थात् आयुको सम्पूर्ण ज्ञान जुन शास्त्र वा विद्याबाट प्राप्त हुन्छ, त्यो आयुर्वेद हो । यो शब्द आफैमा यति गरिमायुक्त रहेको छ कि जीवन विज्ञानका अनेक विधा यसभित्र समाहित छन् जुन शाब्दिक अर्थमा मात्र सीमित नरही वेद, संहिता, निघण्टु आदि शास्त्रहरूमा वर्णित विज्ञानसम्मत विषयवस्तुहरूले प्रमाणित गरेको पाइन्छ । यसको अवतरण वेदबाट भएको एवं ऋग्वेद र विशेष गरी अथर्ववेदमा आयुर्वेदको धेरै सन्दर्भ प्राप्त गर्न सकिन्छ । आयुर्वेद अनुसार शरीर, मन, इन्द्रिय र आत्माको संयोग नै आयु हो । यसमा हितायु, अहितायु, सुखायु र दुखायु गरी चार प्रकारको आयु बताइएको छ । यसबाट थप जानकारी के रहन्छ भने आयुर्वेदले शरीरको मात्र वर्णन नगरी स्वस्थ रहन थप मन, इन्द्रिय आत्माहरूको स्वस्थताको आवश्यकता सदियौँ वर्ष पहिला गरेको थियो जुन हालै आएर विश्व स्वास्थ्य सङ्गठनले स्वास्थ्यको परिभाषामा समेटेको छ ।


आयुर्वेद मानव जातिमा मात्र सीमित नरही अन्य जीव जस्तै पशुपक्षी तथा विभिन्न वनस्पतिसँग समेत सम्बन्धित रहेको छ । जसको उचित प्रयोगमार्फत स्वास्थ्य प्रवर्द्धन तथा रोग निवारणार्थ उपायहरू वर्णन गरिएको छ । तसर्थ आयुर्वेदले आफ्नो मुख्य प्रयोजन १। स्वस्थ व्यक्तिको स्वास्थ्यको संवद्र्धन एवं २। रोगी व्यक्तिको रोग निवारण गर्ने रहेको छ, जसबाट आयुर्वेदले रोग निवारणभन्दा पनि स्वास्थ्य प्रवद्र्धन प्राथमिकता दिएको पुस्ट्याइँ हुन्छ ।

 

आयुर्वेदको सिद्धान्त

आयुर्वेदको प्रमुख सिद्धान्त वात, पित्त, कफमा आधारित छ । यी तीन तत्त्वको सम्यक ९सन्तुलित० रूपमा शरीरमा उपस्थिति भएको अवस्था हुनेलाई स्वस्थता भनिन्छ भने यसको मात्रामा क्षय वृद्धिको अवस्थालाई रोग भनिन्छ ।

यससँगै सम अग्नि, सम धातु, सम्यक मल प्रवृत्तिसहित प्रसन्न आत्मा, इन्द्रिय ९शरीर०, मन हुने अवस्थालाई स्वस्थ भनिन्छ । यसबाट समेत यो बोध गर्न सकिन्छ कि आयुर्वेदले भौतिक शरीरको स्वस्थताको मात्र परिकल्पना नगरी मन र आत्माको समेत स्वस्थताको वर्णन गरेको छ । आधुनिक जीवनमा धेरै मानिस मानसिक रूपमा शान्त नभएको अवस्था छ, जुन आयुर्वेदमा बताइएको सदाचार, सत्कर्म एवं सदवृत्त पालनबाट निवारण गर्न सकिने रहन्छ ।

 

आयुर्वेदमा सङ्क्रमण

आयुर्वेद ले संसर्गज, उपसर्गज, औपसर्गिक आदि नाम दिएर सङ्क्रामक रोगको बारेमा बताइएको छ, जसमा आधुनिक विज्ञानले ‘कम्युनिकेबल’, ‘इन्फेक्सियस’ र ‘कन्टाजियस’ भनेर सङ्क्रामक रोगको बारेमा बताइएका सबै कुरा समेटिएका छन् । उपसर्गज र औपसर्गिक व्याधिहरू भन्नाले कुष्ठ (छाला सम्बन्धि विकार), ज्वर, राजयक्ष्मा (क्षयरोग समान), नेत्राभिष्यंदी (कन्जक्टिभाइटिस वा आखा पाक्ने) आदि सरुवा रोग हुन्। यो एक व्यक्तिबाट अर्को व्यक्तिमा फैलिन्छ, आचार्य सुश्रुत ९सुश्रुत संहिताका रचयिता० अनुसार यो रोग एकअर्काको नजिक रहँदा, श्वास लिँदा, छुँदा, सँगै भोजन गर्दा, सँगै सुत्दा, एकअर्काको वस्त्र, माला, शृङ्गार वस्तु लगाउँदा फैलिने गर्दछ । त्यस्तै अदृश्य शक्ति वा किटाणुमार्फत हुने व्यधिलाई सङ्क्रामक भनेर वर्णन गरिएको छ । महामारीको बारेमा समेत आयुर्वेदका प्रमुख ग्रन्थहरूमा उल्लेख गरिएको छ । आचार्य चरकले जनपदोध्वंशअर्थात जनपद (धेरै जनसङ्ख्या)को उध्वंश (नाश) भनेर भनेका छन् भने आचार्य सुश्रुतले मरक ९महामारी० को उल्लेख गरेका छन् ।

वायु, जल, देश वा ऋतुको दुषित हुनु वा अधर्म (गलत कर्म, हालको अवस्थामा रोग रोकथामका उपायको उल्लङ्घन गर्नु), क्रोध, राक्षस, अभिशाप (श्राप, अदृश्य शक्तिर किटाणु) आदिका कारणले कास, श्वास (सास फुल्नु), वमन (उल्टी हुनु), रुघाखोकी, टाउको दुख्ने, ज्वर आदिले प्राणी ग्रसित हुने आदि कारण जनक्षति हुने उल्लेख गरिएको कुरा अहिलेको कोभिड महामारीमा बताइएका लक्षणसँग सामन्जस्यता देखिनु संयोग मात्र नभएर आयुर्वेदका प्रवर्तकहरूको वाणी प्रमाणित भएको आभाष हुन्छ ।

 

आयुर्वेदले व्याक्टेरिया भनेर मान्छ कि मान्दैन 

माथि उल्लेख गरिएजस्तै आयुर्वेदले शरीरभित्र रहने घटकहरूको उचित मात्रामा रहने कुरामा जोड दिन्छ । बाहिरको प्रभावले (जस्तै हाम्रो खाना, जीवनशैली, आचरण, व्यवहार, देश, ऋतु, मौसम, जाडो, गर्मी, प्रदूषण, विषादी आदिको) शरीरमा भएका घटक तत्त्व (दोष, धातु, मल, अग्नि) हरूमा क्षय वृद्धि के असर पार्छ र त्यसको असर कुन रूपमा प्रस्तुत हुन्छ भनेर हेर्ने गरिन्छ ।
आयुर्वेदले रोग मात्रको उपचारभन्दा पनि उक्त घटकहरूको उचित मात्रा (ब्यालेन्स) गरेर रोगीको उपचार गरी उक्त रोग उत्पादक कारणको निवारण गर्ने गर्दछ । तसर्थ शरीरमा भाइरस, व्याक्टेरियाहरूलाई माथि उल्लेख गरे बमोजिम अदृश्य शक्ति र किटाणु मानेर त्यसबाट शरीरमा के विकृति उत्पन्न भएको छ त्यो विकृतिलाई प्राकृत अवस्थामा (क्षय भएकोलाई बढाएर तथा वृद्धि भएकोलाई घटाएर सम्यक मात्रामा) ल्याएर उपचार गर्ने गरिन्छ । यसकै कारण हो एउटै गुडुची र गुर्जो, डेङ्गुमा पनि कोभिडमा पनि लाभकारी देखिनु । स्पस्ट रूपमा भन्नुपर्दा आयुर्वेदले ब्याक्टेरिया, भाइरस, फङ्गस आदि भनेर छुट्टै अस्तित्व मानेको छैन तर यसका औषधिहरूमा भएका रासायनिक तत्त्वहरूले ती किटाणु र जीवाणुविरुद्ध एवं तिनीहरूले शरीरमा पार्ने प्रभावलाई रोक्न सक्ने क्षमता विभिन्न अनुसन्धानहरूलेप्रमाणित गरेका छन् ।

 

कोभिड १९ र आयुर्वेद सिद्धान्त

कोभिड–१९ आयुर्वेदको निदान होइन र हुन सक्दैन तर यो नयाँ रोग भएका कारण आयुर्वेदमा यसको उल्लेख हुने कुरा भएन । तर आयुर्वेदले यस्ता व्याधिलाई सम्बोधन गर्दैन त रु यो कदापि होइन । आयुर्वेदले चरक संहितामा यस्तो अत्याधिक अवस्थामा रोगको नामकरणको पछाडि नलागेर त्यस शारीरिक घटकहरू ९दोष, धातु, मल०, प्रकृति ९सबै व्यक्तिको छुट्टै विशेषता हुने जसका कारणले एउटै रोगको प्रभाव प्रत्येक व्यक्तिमा अलग अलग हुने कारण०, समुत्थान एवं अधिष्ठान ९रोग उत्पत्ति एवं प्रभावित स्थान० आदिका आधारमा उपचार गर्न बताइएको छ ।

माथि उल्लेख गरिएअनुसार यो सङ्क्रामक र औपसर्गिकर जनपदोध्वंश व्याधि भए पनि शरीर भित्र गएपछि यी आगन्तुक ९भाइरस, व्याक्टेरिया आदि बाहिरबाट शरीरमा प्रवेश गरेर हुने०व्याधिहरू केही समय पश्चात निज ९शरीरभित्र नै प्रभाव देखिएर हुने० व्यधिमा रूपान्तरण हुन्छन् र आयुर्वेदमा सम्पूर्ण शरीरलाई हेरेर ९होलिस्टिक अप्रोच० त्यसमा भएका शारीरिक, मानसिक दोष, धातु आदि घटक तत्त्वको घटबढको आधारमा उपचार गर्ने गरिन्छ । यसरी निज रोग हुने क्रममा लाक्षणिक रूपमा दोषको अवस्थाको विश्लेषण गर्दा वात कफज ज्वर भनेर निदान गर्ने अवस्था रहेको छ ।

 

आयुर्वेद उपचार

आयुर्वेदको प्रमुख उद्देश्यमा बताइए बमोजिम स्वास्थ्य रक्षाका उपायहरू स्वास्थ्य प्रवद्र्धन, व्याधि क्षमत्व (रोगसँग लड्ने क्षमता), निदान परिवर्जन (रोग लाग्ने कारणलाई त्याग), रसायन एवं वाजीकरण आदि माध्यमबाट सम्बोधन गर्न सकिन्छ भने रोग (कोभिड) लागे पश्चात त्यसबाट शारीरिक घटकहरूमा भएका क्षयलाई वृद्धि गरेर तथा बढेका तत्त्वहरूलाई घटाएर सन्तुलित अवस्थामा ल्याएर स्वस्थ राख्ने गरिन्छ ।

कोभिड–१९ को व्याधि क्षमत्व (इम्युनिटी) सँगको सम्बन्ध रहेको (कम भएकामा रोग प्रबल लक्षण सहित देखिने तथा धेरै भएकालाई मात्राअनुसार सकेसम्म रोग नलाग्ने, लागिहालेमा लक्षण नदेखिने तथा लक्षण देखिनेहरूमा उपद्रव र कम्प्लिकेसनमा नजाने) तथा आयुर्वेदका विभिन्न जडीबुटीहरूले व्याधि क्षमत्वको उचित नियमन एवं सन्तुलन गराई रोग र व्याधि बललाई निस्तेज गर्न सक्ने स्पस्ट आधार देखिएका छन् ।

कथंकदाचित रोग लागेमा आयुर्वेद चिकित्सकको परामर्शमा आयुर्वेद पद्धतिबाट समेत उपचार गर्न सकिन्छ (भारत, अमेरिकामा धेरैले आयुर्वेद उपचार मार्फत ठीक भएका तथ्य आइरहेका छन्) । नेपालमा समेत हाल कीर्तिपुरस्थित आयुर्वेद अनुसन्धान केन्द्र, बुटवलस्थित इसोलेसन, लगायतमा आयुर्वेद पद्धतिले एवं नवलपरासीस्थित प्राकृतिक चिकित्सालयमा आयुर्वेद औषधि एवं प्राकृतिक चिकित्सा पद्धतिले रोगको बललाई रोकेर थप समस्या बढ्नबाट रोक्ने गरेको एवं छोटो समयमा नेगेटिभ आउने देखिएको छ ।

तर सामान्य रूपमा घरमा गर्न सकिने केही रोकथाम तथा व्यधिक्षमत्व ९इम्युनिटी०पद्धतिहरू निम्न प्रकारको रहेका छन् ।

१. दैनिक योगासन, प्राणायाम, ध्यान गर्ने । यो सबै गर्न नसकेमा कमसेकम बिहान बेलुका आधा घण्टा सास फुल्ने गरी कुनै शारीरिक अभ्यास (एक्सरसाइज) गर्ने ।

२. खानामा बेसार, धनियाँ, जिरा, लहसुन, ज्वानो आदिको उचित मात्रामा प्रयोग गर्ने ।

३. बिहान बेलुका शुद्ध तिलको तेल अथवा नरिवलको तेल वा घ्यू मनतातो गरेर नाकमा ४/६ थोपा राख्ने एवं १ चिया चम्चा मुखमा राखेर २/३ मिनेटसम्म कुल्ला गरी बाहिर थुक्ने, तत्पश्चात तातो पानीले मुख कुल्ला गर्ने ।

४. सुठो (अदुवा), मरिच, दालचिनी राखेर चिया पकाउने र उम्लिसकेपछि माथिबाट तुलसीको ३/५ पत्ता ९प्रति कप० राखेर एकछिन ढाकेर पछि पिउने ।

५. आधा चम्चा बेसार १ ग्लास दूधमा पकाएर पिउने ।

६. पुदिना, अज्वाइन, तुलसी पत्ता आदि पानीमा राखेर त्यसको बाफ लिने ।

७.  २, ३ वटा ल्वाङ मुखमा राखेर चुस्ने (जिब्रोमुनि राखेर चुस्दा बढी प्रभावकारी) ।

८. १ चम्चा च्यावनप्रास बिहान बेलुका लिने (डाइबिटिजका बिरामीले सुगरफ्री वाला लिने) ।

९. गुडुचीको काण्डलाई ३, ४ टुक्रा २ ग्लास पानीमा राखी उमालेर १ ग्लाससम्म घटाउने र पिउने ।

यसबाट रोग समाधान नहुने देखिएमा तथा समस्या बढ्दै गएमा आयुर्वेद चिकित्सक र स्वास्थ्यकर्मीको सल्लाह बमोजिम प्रत्यक्ष निगरानीमा रोगको अवस्थाअनुसार थप आयुर्वेद औषधिहरूको सेवन गर्नुपर्ने हुन्छ ।

 

पथ्यापथ्य (सेवन गर्न हुने र नहुने)

आयुर्वेदको विशिष्ट पद्धतिअन्तर्गत यो खानपिन, जीवनशैली, आचरण आदिको पथपरहेज पनि एक हो । आयुर्वेद अनुसार जबसम्म शारीरिक वा मानसिक रूपमा शरीरको नियमित कार्यमा अवरोध गर्ने वा बिगार गर्ने गरी शरीरभित्र वा बाहिरबाट केही कारणको प्रवेश हँुदैन, तबसम्म रोग लाग्दैन ।

अर्थात् रोग लाग्नुमा केही कारण हुनसक्छन् जसले शारीरिक घटक तत्त्वको सन्तुलन बिग्रिन जान्छ । आयुर्वेदले आहार बिहार आचारलाई समेत औषधिको रूपमा मानेको छ । तसर्थ कुनै रोग लाग्दा के सेवन (आहार तथा विहार) ले गर्दा रोगको उत्पत्ति भयो भन्ने कुरा पहिल्याएर त्यसलाई त्याग गर्न भनिन्छ । रोग लागेको अवस्थामा हुने दोषहरूको अवस्था हेरेर सोही अनुरूप खानपिन तथा जीवनशैली परिमार्जन गर्ने भन्ने गरिन्छ ।

एकै रोगका लागि ऋतु र मौसम, स्थान, व्यक्तिको प्रकृति, रोगको अवस्थाअनुसार अलग अलग पथ्य (फाइदा गर्ने) एवं अपथ्य (हानी गर्ने) हुन्छन् । जसका लागि आयुर्वेद चिकित्सकको सल्लाह एवं निगरानीमा सेवन गर्दा रोग निको हुने समयमा धेरै राम्रो प्रभाव रहने गर्दछ ।

यसबाट शारीरिक घटकहरूको सन्तुलन मात्र नभएर शरीरको रोग प्रतिरोध गर्ने क्षमतासमेत वृद्धि हुने गर्दछ । तसर्थ एउटै रोगका लागि चलाइएको एउटै प्रकारको औषधिले कसैलाई चाँडै ठीक हुने कसैलाई ढिलो हुने गराउने विभिन्न कारणमध्ये पथ्यपथ्यको भूमिका समेत अग्रस्थानमा रहन्छ । स्वास्थ्य मन्त्रालय, आयुर्वेद तथा वैकल्पिक चिकित्सा विभाग, विश्व स्वास्थ्य सङ्गठन लगायत संस्थाबाट निषेध गरिएका कार्य एवं सुझावको पालन गर्नु अति आवश्यक छ ।

(आयुर्वेद चिकित्सक डा. गौतम हाल भारतमा आयुर्वेद चिकित्सामा एमडी गर्दै हुनुहुन्छ)

प्रतिक्रिया

सम्बन्धित खवर