११ पौष २०७७, शनिवार

डोटी, ११ पुष – स्याउले दिपायल जोड्ने डा केआइसिंह राजमार्ग अवरुद्ध गरिएको छ ।

बिहीबार राति डोटीको शिखर नगरपालिका–६ तल्कोटमा से १ त १००९ नम्बरको कारको ठक्करबाट आठ वर्षीय बालक गोरख बलायरको मृत्यु भएपछि उचित क्षतिपूर्तिको माग गर्दै मृतकका आफन्तले शनिवार बिहानदेखि सो राजमार्ग बन्द गरेका छन् ।

राजमार्गअवरुद्ध गरिएका कारण यहाँका पहाडी जिल्लाबाट तराई जान हिँडेका तथा तराईबाट पहाडी जिल्ला आउने दर्जनौँ सवारीसाधन तथा सयौँ यात्रु शिखर नगरपालिका–६ तल्कोटमा अल्पत्र अवस्थामा परेका छन् । अवरुद्ध गरिएको राजमार्ग खुलाउनका लागि पीडित पक्षसँग पहल भइरहेको प्रमुख जिल्ला अधिकारी भीमप्रसाद भट्टराईले बताए । उनले भने, “मृतकका आफन्तले राजमार्ग अवरुद्ध गरेका छन्, राजमार्ग खोल्ने प्रयास भइरहेको छ ।” बालकलाई ठक्कर दिने कार चालक कैलाली धनगढी उपमहानगरपालिका–१ का ५६ वर्षीय माधव गिरीलार्ई प्रहरीले नियन्त्रणमा लिएको छ ।
रासस

प्रतिक्रिया

सम्बन्धित खवर